Skip to main content
Notices
Kalika Sanskrit VidyapeethKalika Sanskrit Vidyapeeth
Photo from “ने.सं.वि. कुलसचिव प्राध्यापक माधव अधिकारीको आकस्मिक आगमन कालिका संस्कृत विद्यापीठमा”
General

ने.सं.वि. कुलसचिव प्राध्यापक माधव अधिकारीको आकस्मिक आगमन कालिका संस्कृत विद्यापीठमा

मिति २०८१/१२/२७ गते ने.सं.वि. कुलसचिव प्राध्यापक माधव अधिकारीको आकस्मिक आगमन कालिका संस्कृत विद्यापीठमा भयो । उक्त अवसरमा विद्यापीठमा कार्यरत शिक्षक तथा कर्मचारीहरूबीच नेपाल संस्कृत विश्वविद्यालयका अल्पकालीन तथा दीर्घकालीन समस्या, चुनौति तथा अवसरका विषयमा घनिभूत छलफल भयो । कालिका संस्कृत विद्यापीठका अध्यक्ष आदरणीय ओमप्रसाद सापकोटाज्यूको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नव वर्ष २०८२ आरम्भको सुअवसरमा शुभकामना आदानप्रदानसमेत भएको थियो । विद्यापीठ प्रशासन छलफलमा उठेका सबै विषयमा अवसर खोजिरहेको छ ।

Photo from “ने.सं.वि. कुलसचिव प्राध्यापक माधव अधिकारीको आकस्मिक आगमन कालिका संस्कृत विद्यापीठमा”